पोखराद्वारा चितवन सामु ६७ रनको लक्ष्य 

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को पहिलो क्वालिफायरमा पोखरा राइनोजले चितवन टाइगर्ससामु ६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रनमा समेटियो । पोखराका लागि रिचार्ड लेभीले बनाएको १९ रन सर्वाधिक भयो । यस्तै सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाउनुबाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चितवनका सागर ढकाल र साहब आलमले ४/४ विकेट लिएपछि पोखराका ब्याट्स्मयानहरु निरीह भएका थिए । बाँकी विकेट सोमपाल कामी र करिम जन्नतले बाँडे ।

आजको खेलको विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । क्वालिफायरमा एलिमिनेटरको विजेता टिमसँग खेल्नुपर्नेछ । एलिमिनेटरमा बुधबार नै काठमाडौँ किङ्स-११ र भैरहवा ग्लाडीएटर्स दिउँसो १:३० बजे खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =