ईपीएल पहिलो क्वालिफायर: ब्याटिङ गर्दै पोखरा

काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको फाइनल प्रवेशका लागि चितवन टाइगर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । टियु मैदानमा चितवनले टस जितेपछि पोखरालाई ब्याटिङको निम्तो दिएको छ ।

भैरहवाविरुद्ध आराम गरेका कप्तान सोमपाल र साहब आलम टोलीमा फर्किएका छन् । नेपाली घरेलु क्रिकेटका अनुभवी ब्याटर हासिम अन्सारीले मौका पाएका छन् । पोखराले टोलीमा एक परिवर्तन गरेको छ । युवा ओपनर रित गौतमको स्थानमा सुनिल धमलालाई मौका दिएको छ ।

चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रहेको थियो । त्यस्तै पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अङ्क सहित दोस्रो स्थानमा थियो । शीर्ष दुई टोली क्वालिफायर खेल्न लागेका हुन् । यो खेलमा पराजित टीमले दोस्रो क्वालिफायरको मौका पाउने छ ।

। आज नै हुने दोस्रो खेलमा एलिमिनेटरमा तेस्रो स्थानमा रहेको भैरहवा ग्ल्याडियटर्स र काठमाडौँ किंग्स इलेभेनबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ । पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =