भजनमा हरिहर र निताको सहकार्य (भिडिओ)

काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले निर्देशन गरेको शिव भजन सार्वजनिक भएको छ । भजनमा युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको अभिनय रहेको छ । हरिहरकै कन्सेप्टमा तयार भएको भजनमा एक सिनमा निता पनि देखिएकी छन् ।

हरिहरले लेखेको यो भजनलाई सुगम पोखरेलले स्वर दिएका छन् । ‘जय जय नीलकण्ठ’ बोलको भजनमा विशाल निरौलाले संगीत गरेका हुन् । भिडिओमा सञ्जय लामाको छायांकन, बनिश शाहको सम्पादन र रामजी लामिछानेको कोरीयोग्राफी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =