अनाथ बालबालिका सहयोगार्थ कार्यक्रममा ‘भिटेन’ दाङ जाँदै

काठमाडौँ । विजया दशमीको अवसर पारेर असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एक दिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा केन्द्रीय स्तरका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।

र्‍यापर समीर घिसिङ ‘भिटेन’ पनि तुलसीपुरमा पहिलो पटक प्रस्तुतिका लागि जाने भएका छन् । यस्तै गायिका मिलन नेवारसमेत जानेछिन् । व्यवस्थापक प्रकाश घर्तीमगरकाअनुसार कार्यक्रममा गायक प्रताप दास, गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन,  मोडल रिया श्रेष्ठलगायत कलाकारको प्रस्तुति रहनेछ ।

दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ विजया दशमीको छेको पारेर एक दिने कन्सर्टको आयोजन गर्न लागिएको हो । कार्यक्रमको आयोजक पि.एम्. इन्टरप्रजेज हो भने सह अयोजक के.एम्. फिट्नेस सेन्टर हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =