प्रितम आचार्यको ‘सरर’ सार्वजनिक
२०७८ असोज १६ गते

काठमाडौँ । सारेगमप लिटल च्याम्प्समा गएर चर्चामा आएका गायक प्रितम आचार्यको ‘सरर’ बोलको गीत सार्वजनिक भएको छ । भिडिओमा आचार्य पनि देखिएका छन् । गीतमा संगीत र शब्द मानस राजको रहेको छ ।
प्रशन्न घिमिरेले निर्देशन गरेको भिडिओमा कलाकारहरू सुज्यान रनपेहेली, दिक्षा ठकुरी, रिदेश बस्याल, स्टेसी आले लगायतको अभिनय रहेको छ । डम्बर बहादुर राईको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=6h-jmX-jbX0
२०७८ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








