प्रीति आलेको ‘आलुजस्तो केटी’ सार्वजनिक
२०७८ असोज १३ गते

काठमाडौँ । प्रीति आले र पवन रानाको स्वर रहेको गीत ‘आलुजस्तो केटी’ सार्वजनिक भएको छ । यसअघि ‘भुत्रो माया जाल’मा सहकार्य गरेका पवन र प्रीतिको यो दोस्रो सहकार्य हो । यस गीतलाई उक्त गीतको दोस्रो भाग भनिएको छ ।
गीतमा शब्द पनि प्रीति आलेले नै लेखेकी छन् भने संगीत पवन रानाको छ । विपिन आचार्यको संगीत संयोजन रहेको गीतमा पवन र प्रीतिको अभिनय देख्न सकिन्छ ।
भिडियोमा पवन र प्रीतिबाहेक रञ्जन पाण्डे र अलिसा शर्मा समेत रहेका छन् । भिडियोमा ‘द नेक्स्ट’ ग्रुपका प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन छ ।
२०७८ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








