सभामुखद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले आर्थिक विधेयक‚ २०७८ र राष्ट्र ऋण उठाउने विधेयक‚ २०७८ लाई प्रमाणित गरेका छन् ।

नेपालको संविधानको धारा १११ बमोजिम संघीय संसदका दुवै सदनबाट पारित भएका यी दुवै विधेयक सभामुख सापकोटाले मंगलबार प्रमाणित गरेका हुन् ।

‘प्रतिनिधि सभामा उत्पत्ति भई, नेपालको संविधानको धारा १११ बमोजिम संघीय संसदका दुवै सदनबाट पारित भएका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज प्रमाणित गर्नुभएको छ‚’ सभामुख सापकोटाको निजी सचिवालयले भनेको छ‚ ‘सभामुखद्वारा प्रमाणित विधेयकहरू संविधानको धारा ११३ (१) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =