स्पेनिस ला लिगा

बार्सिलोनाको बराबरी, कोम्यानमाथि दबाब

काठमाडाैँ । स्पेनिस ला लिगामा बार्सिलोनाले निरन्तर खराब प्रदर्शन गरिरहेको छ । कार्डिजसँग गोलरहित बराबरीमा रोकिएसँगै बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानमाथि बार्सिलोना छोड्न चर्को दबाब परेको छ ।

गत सिजनमात्र शीर्ष डिभिजनमा उक्लिएको क्याडिजलाई तेस्रो खेलसम्म आइपुग्दा बार्सिलोनाले पराजित गर्न सकेको छैन । गत सिजन पहिलो खेलमा बार्सिलोना क्याडिजसँगै २-१ ले पराजित भएको थियो । अर्को खेलमा १-१ गोलको बराबरीमा रोकिएको थियो ।

यो सिजनको पहिलो भेटमा पनि बार्सिलोना बराबरीमा नै रोकियो । बिहिबार रातीको खेलमा बार्सिलोना कार्डिचसँग गोलरहित बराबरीमा रोकिएसँगै बार्सिलोनाको खराब लयलाई लिएर समर्थकहरूले आक्रोश पोखेका छन् । ६५ औं मिनेटमा फ्याङकी डी योङले दोहोरो पहेँलो कार्ड पाएसँगै बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

बार्सिलोनाले जारी सिजन ला लिगाका पाँचमध्ये मात्र दुई खेल जितेको छ । बार्सिलोना पाँच खेलमा नौ अंक जोड्दै सातौ स्थानमा छ । शीर्षस्थानमा रहेको रियल मड्रिडको ६ खेलबाट १६ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको १४ र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको १३ अंक छ ।

कोम्यानले भने टीमको प्रदर्शन राम्रो नहुनुमा अनुभवी खेलाडी नभएको, युवा खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको लगायत जवाफ दिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *