यसकारण लजाए पदक !

काठमाडौँ । कटु बचन र तुच्छ आलोचनाका कारण नेकपा एमालेका अध्यक्ष केपी ओली आलोचित छन् । यद्यपी, ३ असोज आइतबारका दिन ओलीले गरेका कटु आलोचनालाई पनि आम नेपालीले मन पराए । धेरैलाई उनको आलोचना जायज लाग्यो । आम सञ्चार माध्यमले पनि ओलीकै त्यो बोलीलाई हेडलाइन बनाए- ‘विभूषण नै लजाएका छन् ।’, कसैको हेडलाइन थियो- ‘सक्ने भए घाँटिबाट उफ्रन्थे पदक’

सन्दर्भ थियो- संविधान दिवसका दिन ९ सय ३ जनालाई विभूषित गर्ने सरकारको निर्णय । खास गरी विभूषणको गरिमा नै नरहने गरी राजनीतिक भाडबन्डाका आधारमा विपक्षीले ठूलो हुललाई वितरण गरेको विभूषणप्रति ओलीको आक्रोश थियो त्यो । यद्यपी, अघिल्लो वर्ष (२०७७) मा पनि ओलीले ५ सय ९८ जनालाई यसैगरी राजनीतिक पक्षधरताकै अधारमा पदक वितरण गरेको पनि धेरैले सम्झिए । पानीमा उभिएर ओभानो बन्ने ओलीको शैली देखेर धेरैजसो हाँसे पनि । यद्यपी, ती धेरैले भने- ‘जे होस्, ओलीले सही बोले ।’

यो पनि : किन उठ्छ सधैँ पदकमा प्रश्न ?

किन लजाए त पदक ?
अचम्म त के छ भने पदक बाँड्ने र आफ्नो कार्यकालमा आफैँ विभूषित हुनेहरु (पूर्वगृह सचिवलगायत) समेत सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै भन्न थालेका छन्- ‘पदकको गरिमा नै रहेन ।’

लाेकतन्त्र पछिका १० वर्षमा मात्रै ४ हजार ५ सय १७ जनाले पदक पाएका छन् । गरिमा नराखेकै कारण हालसम्म हालसम्म २८२ पदक, १०२९ मानपदवी र २२ अलंकार अस्वीकार भएका छन् ।

२०७४ यताका ५ वर्षमा ५१ करोड रुपैयाँको पदक सरकारले धेरैजसो आसेपासेलाई बाँड्यो । त्यसभन्दा अघिल्लो ५ वर्षमा पदकमा खर्च भएको रकमलाई १५ करोड नै मान्ने हो भने पनि झण्डै ६५ करोड रुपैयाँ पदकमा मात्रै खर्च भएको छ । डरलाग्दो विषय त के भने यो रकम वर्षेनी बढ्दै जाने हो भने आगामी वर्षमा सरकारले १ अर्बकै पदक बनाएर बाँड्ने अवस्थामा नपुग्ला भन्न सकिंदैन ।

कोरोनाका कारण अक्सिजन नपाएर छटपटाएका विरामीका लागि अक्सिजन सहज बनाउन  ‘अक्सिजन प्लान्ट’ बनाउन सकिन्थ्यो । ५ मेगावाटकाे जलविद्युत् आयाेजना बनाएर एउटा शहरनै झलमल बनाउन सकिन्थ्याे । यद्यपी, सरकार सञ्चालकको ‘आसेपासेलाई सहयोग’ गर्ने राजनीतिकका कारण ‘दलाल पूँजीवाद’ (क्रोनी क्यापिटालिजम)को शिकार बनेको छ पदक ।

राजाको शासनमा जस्तै आफू निकटका, खुसी बनाउने र फाइदा दिलाउनेलाई पदक वितरण गर्ने प्रचलन झनै मौलाउँदै गएको छ । यस्तो अवस्थामा पदक लजाउनु स्वभाविक नै हो ।

पदक दिने मापदण्ड के हो ?
सामान्यतया राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सम्मान गर्नका लागि विभूण प्रदान गर्ने कानूनी व्यवस्था गरिएको छ । विभूषण प्राप्त गर्ने व्यवक्तिले देशका लागि के योगदान गरे भने जनतालाई स्पष्ट पार्नु पर्ने व्यवस्था पनि छ । यसलाई सहज बनाउन गृह मन्त्रालयले ‘विभूषण सिफासिरकार्यविधि एवं प्रदानम्बन्धी मापदण्ड २०७२’ कार्यान्वयनमा छ । यो मापदण्डले एक वर्षमा बढीमा २ सयजनालाई विभूषित गर्ने मापदण्ड तय गरेको थियो । तर, उक्त मापदण्डलाई संशोधन गरेर केपी ओली नेतृत्वको सरकारले २०७७ मा ५ सय १५ जनालाई पदक बाँडेको थियो ।

कार्यविधिले फौजदारी अभियोग लागेको तथा कालो सूचीमा परेको, नैतिक पतन भएको व्यक्तिलाई पदक वितरण गर्न नहुने व्यवस्था गरेको छ । तर, यस पटकको पदक वितरणमा यी सबै मापदण्डको उलंघन भएर कालोसूचीमा परेको निर्माण कम्पनी चलाउने व्यक्तिले समेत विभूषित हुने मौका पाएका छन् ।

यस्ता छन् पदका नाम र बरियता (ठूलोबाट सानो)

  • नेपाल रत्न
  • राष्ट्र गौरव
  • राष्ट्रदीप
    महाउज्जवल राष्ट्रदीप (प्रथम श्रेणी)
    उज्जवल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी)
    सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी)
    कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी)
    राष्ट्रदीप (पञ्चम श्रेणी)
  • जनसेवा श्री
    सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी)
    प्रसिद्ध प्रबल जनसेवा श्री (द्वीतीय श्रेणी)
    सुप्रवल जनसेवा श्री (तृतीय श्रेणी)
    प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)
    जनसेवा श्री (पञ्चम श्रेणी)
  • अलंकार
  • पदक
    लोक श्री पदक
    राष्ट्र सेवा पदक

यो पनि
पत्रकार देवकोटाले पनि पदक नलिने, वितरण पारदर्शी र विवेकपूर्ण नभएको भनाइ
पत्रकार अमृतले पनि गरे पदक अस्वीकार
पत्रकार थापाले गरे पदक अस्वीकार
कार्टूनिस्ट रविन सायमीले पनि पदक नलिने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *