कार्टूनिस्ट रविन सायमीले पनि पदक नलिने 

काठमाडौँ । कार्टूनिस्ट रविन सायमीले संविधान दिवसको अवसरमा सरकारले दिने घोषणा गरेको पदक नलिने घोषणा गरेका छन् ।

उनले प्रजातान्त्रिक सरकार पनि अझै पदक दिने मामलामा ‘गोरखादक्षिणबाहु’ प्रवृत्तिबाट मुक्त हुन नसकेकाले ग्रहण नगर्ने निर्णय गरेको बताएका छन् ।

संविधान दिवसको अवसरमा सरकारले उनलाई ‘प्रबल जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको थियो । उनी नागरिक दैनिकमा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *