पत्रकार अमृतले पनि गरे पदक अस्वीकार

काठमाडौँ । पत्रकार नारायण अमृतले संविधान दिवसको अवसरमा सरकारले दिने भनेर घोषणा गरेको पदक अस्वीकार गरेका छन् । संविधान दिवस ०७८ को अवसरमा सरकारले अमृतलाई ‘जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको थियो । तर, अमृतले भागबन्डा अस्वीकार गर्ने भन्दै पदक नलिने निर्णय गरेका हुन् ।

आफूलाई बिनाखबर कसैको भनसुनमा दिएको पदक स्वीकार्य नहुने उल्लेख गर्दै पत्रकार अमृतले आफ्नो आधिकारिक फेसबूकमा लेखेका छन्, ‘कसैलाई लागेर फलानाको नाम पनि यो शीर्षकमा राख्दिम् न भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यनसमेत गर्छ भन्ने मर्म कहिले बुझिएला ?’

पदक पाउनेको सूचीबाट आफ्नो नाम झिक्नसमेत पत्रका। अमृतले आग्रह गरेका छन् । ‘यसरी दिने पुरस्कारका लागि म योग्य छैन भन्दै म यो भागबन्डा अस्वीकार गर्छु,’ पत्रकार अममृतले भनेका छन् ।

यसअघि पत्रकार हरिबहादुर थापा, कार्टूनिस्ट रविन सायमीलगायतले पनि पदक अस्वीकार गरेका छन् । सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै ९०० जनालाई विभूषित गर्ने निर्णय गरेको छ ।

-अमृत नेपाल समय डट कमका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *