माओवादी एमाले हुने चिन्ता बढ्यो : प्रचण्ड (भिडिओसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी विस्तारै एमालेकरण हुने चिन्ता बढेको बताएका छन् । ‘समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ,’ सोमबार (आज) सूर्यनाथ राम यादवको स्मृतिमा दिवसमा आयोजित कार्यक्रमलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी विस्तारै एमालेकरण हुन थाल्यो । यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ ।’

अध्यक्ष पचण्डले आफूले पार्टी नै सक्ने भनेको भने नभनेको जिकिर गरे । ‘जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भनेर चिनिनुपर्ने ठाउँमा चिनिँदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मिहिनेत गर्यौँ भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पनि विस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेको भन्दै चिन्त व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *