सुहाङलाई बधाई दिँदै रास्वपाले भन्यो– मत परिणामको गहन समीक्षा गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपनिर्वाचनमा विजयी भएका सुहाङ नेम्बाङलाई बधाई तथा शुभकामना दिएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले उपनिर्वाचनको परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ ।

निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको देखाएको रास्वपाले जनाएको छ । महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उपनिर्वाचनका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरिएको छ ।

‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ, विज्ञप्तिमा भनिएको छ,‘नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौँ ।’

रास्वपाले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा उपनिर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *