हलले मागेमा निःशुल्क चलचित्र दिन्छौँ : निर्माता दर्शनधारी

काठमाडौँ । काठमाडौँ उपत्यकामा पचास प्रतिशत दर्शक राखेर हल खोल्ने अनुमति दिएको भए पनि हलमा चलचित्र लाग्न सकेका छैनन् ।

यस्तोमा निर्माता दिनेश दर्शनधारीले आफ्नो चलचित्र निःशुल्क दिने बताएका छन् । उनले हलवालाले आफूसँग चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मागेको खण्डमा निःशुल्क दिने मकालु खबरसँग बताएका छन् । चलचित्र क्षेत्र चलायमान बनाउन आफूले निःशुल्क दिएर केही सहयोग गर्न खोजेको उनको तर्क छ ।

हलमा चलचित्र रिलिज गर्न निर्माता डराएको समयमा आफूले दर्शकको चहलपहल केही हदसम्म बढाउन यसो गर्ने योजना बनाएको उनले बताएका छन् । पहिलो लकडाउन पश्चात् हल खुल्न थालेपछि यो चलचित्र लागेको थियो । तर चलचित्रले अपेक्षित सफलता भने प्राप्त गर्न सकेको थिएन ।

चलचित्रमा शक्ति श्रेष्ठ, कविता मानन्धर, शिव श्रेष्ठ, प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सन्जोग कोइराला, बसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई दीपेश सापकोटाले निर्देशन गरेका हुन् भने यशोदा राई र दिनेश दर्शनधारीले लगानी गरेका छन् । यसमा सह-निर्माताको रूपमा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *