७४ सालको वर्चस्व फर्काउँछौँ : भुसाल

काडमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव घनश्याम भुसालले एमालेले ७४ सालको वर्चस्व फर्काउने दाबी गरेका छन् ।

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘एमाले विगतमा समानता, न्याय र स्वतन्त्रताका लागि लडेको पार्टी हो । एमालेले पनि आफ्नो योगदान भुल्नु हुँदैन । आन्तरिक लोकतन्त्र सुदृढ बनाउँदै अगाडि जानुपर्छ । यसो गरियो भने हामीले ७४ सालको वर्चस्व फर्काउँछौँ, फर्काउँछौँ ।’

एमालेले सधैं समानाता कायम गर्न खोज्ने उल्लेख गर्दै भुसालले भने, ‘एमाले सधैं लोकतन्त्र चाहन्छ । हामी हिँड्न खोजेको बाटो यही हो । हामीले हिँड्न खोजेको यसैगरी हो । हामी हरबखत यसैगरी अगाडि बढ्नको लागि प्रयासरत छौँ ।’

७४ सालको चुनावमा चुनावमा एमालेले सबैभन्दा धेरै सिट जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *