कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले यादवले बिहीबार साँझ दिएको राजीनामा अस्वीकृत गरेको कांग्रेसले जनाएको छ । ।

‘कोभिड—१९ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४ औं महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा सभापतिज्यूले धन्यवादसमेत दिनुभयो,’ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन् ।

संयोजक यादवले बिहीबार साँझ राजीनामा दिएका थिए ।

(यसअघिको समाचारमा अस्विकृत हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौँ । सम्पादक)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *