पहिलो हाफमा भारतविरुद्ध नेपालको अग्रता
२०७८ भदौ १७ गते

काठमाडौँ । नेपाल-भारतबीचको मैत्रीपूर्ण फुटबलको पहिलो हाफ टुङ्गिँदा नेपालले भारतविरुद्ध १-० को अग्रता लिएको छ ।
काठमाडौँस्थित दशरथ रङ्गशालामा भइरहेको खेलमा ३६ औँ मिनेटमा नेपाली फरवार्ड अञ्जन विष्टले एक गोल गरी नेपालको अग्रता सुनिश्चित गरेका हुन् ।
भारतीय गोलकिपर अघि बढेको मौका पारी फरवार्ड विष्टले गोल गरेका थिए । पहिलो हाफमा दुवै पक्षले गोलका केही मौका गुमाएका थिए ।
२०७८ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








