एभरेस्ट प्रिमियर लिग विजेतालाई ५० लाख

काठमाडौँ । चौथो एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । ईपीएल क्रिकेटले यसपटक पुरस्कार राशिमा दोब्बर वृद्धि गरेर ५० लाख पुर्‍याइएको जानकारी दिएको हो । ।

यससँगै ईपीएल नेपालमा सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता भएको छ ।

यस्तै उपविजेताले १५ लाख पाउने भएको छ । यसअघि  विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाएका थिए ।

चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरमा हुँदैछ । प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रियट्सँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्दैछन् । क्लबहरुले विदेशी खेलाडी धमाधम अनुबन्ध गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twelve =