बाबर र फवाद चम्कँदा पाकिस्तानको उत्कृष्ट पूनरागमन

काठमाडाैँ । पाकिस्तान र वेस्टइन्डिज बिच जारी दोस्रो टेस्टमा कप्तान बाबर आजम र फवाद आलमले उत्कृष्ट प्रदर्शन गर्दा वेस्टइन्डिजसँगको दोस्रो टेस्टमा पाकिस्तानले राम्रो पूनरागमन गरेको छ ।

दोस्रो टेस्टको पहिलो दिन टस हारेर ब्याटिङ गरेको पाकिस्तान दिनको खेल सकिंदा ४ विकेट गुमाएर २१२ रन बनाएको छ । फवाद ७६ रनमा रिटायर्ट हर्ट भएर पेभिलियन फर्किदा बाबर १३ चौकाको सहयोगमा ७५ रनमा क्याच आउट भए ।

एक समय २ रन जोड्दा ३ विकेट गुमाएको पाकिस्तानी इनिङलाई यि दुई ब्याट्सम्यानले चौथो विकेटका लागि १ सय ५८ रनको साझेदारी सम्भव बनाए । पहिलो दिन मोहमद्ध रिजवान २२ तथा फहिम असरफ २३ रन बनाएर अविजित छन् । वेस्टइन्डिजका कमर रोचले ३ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =