कान्टे, डि ब्रुएन र जर्गिन्हो शीर्ष तीनमा

काठमाडाैँ । युइएफए वर्ष खेलाडीको शीर्ष तीनमा इंग्लिस क्लब चेल्सीका मिडफिल्डरहरु एङ्गोलो कान्टे र जर्गिन्होसहित म्यानचेस्टर सिटीका केभिन डि ब्रुएनले स्थान बनाएका छन् । युईएफले २०२०-२१ सिजनकोवर्ष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष खेलाडीमा पहिलो पटक तीन जना मिडफिल्डरले मौका पाएका हुन् । गत सिजन दोस्रो भएका बेल्जियन केभिन डि ब्रुएनले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएका थिए । त्यस्तै चेल्सीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन उनको योगदान उलेख्य रहेको थियो । चोटका कारण कान्टेले फाइनल भने गुमाएका थिए ।
यद्यपि चेल्सीले उपाधि जितेको थियो । चेल्सीकै इटालीयन स्टार जर्गिन्होले भने चेल्सीलाई च्याम्पियन्स लिग साथै इटालिलाई युरोपेली च्याम्पियनसिप जिताउने खेलाडीका रुपमा रहेका छन् । पीएसजीका लियोनेल मेस्सीसँगै केलियन एमबाप्पे, म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बोरुसिया डर्टमुन्ड एर्लिङ हालान्डले स्थान बनाएका थिए ।
अवार्डको लागि युईएफएले एक सिजनमा खेलाडीले गरेको प्रदर्शनको आधारमा युरोपका २४ राष्ट्रका प्रशिक्षक, गत सिजनको च्याम्पियन्स लिगका ३२ र युरोपा लिगको ४८ गरी ८० प्रशिक्षक, युरोपियन स्पोर्ट्स मिडिया ५५ जना खेल पत्रकारको मतबाट उत्कृष्ट खेलाडी छनोट गरिन्छ। खेलाडी छनोट गर्ने गरिन्छ । एकै क्लब तथा राष्ट्रका प्रशिक्षकले आफ्नै खेलाडीलाई मत दिन पाइनेछैन ।
युईएफए वर्ष खेलाडीको महिलातर्फका शीर्ष तीनको मनोनयमा बार्सिलोनाकै तीन खेलाडी हर्मोसो, मार्टिन्स र पुटेलास मनोनयमा पर्न सफल भए । प्रशिक्षकतर्फ म्यानेस्टर सिटीका पेप ग्वार्डिओला, इटालीका रोबर्टो मान्सिनी र चेल्सीका थोमस टुचेल मनोनयनमा रहे । महिला प्रशिक्षकतर्फ कोर्टेस, जरहार्डसन र हाएस शीर्ष तीनको मनोनयनमापर्न सफल भए ।
विजेताको घोषणा २६ अगस्टमा हुनेछ । सोही दिन नयाँ सिजनको च्याम्पियन्स लिग र युरोपा लिगको समूह विभाजन समेत हुने छ ।








