बाफ झैँ उडेर गएको प्रताप र शिल्पाको प्रेम (भिडिओ)

काठमाडौँ । गीत ‘बाफ’ सार्वजनिक भएको छ । नेपाल-भारत सीमा नजिकको गाउँमा बालापनमै पलाएको प्रेमलाई गीतमा समेटिएको छ । तर नेपाली प्रेमी र भारतीय प्रेमिकाको प्रेम देश र पहिचानको विषयलाई कारण बनाएर टुङ्गिएको छ ।

गीतमा सुजन चापागाईँ र विद्या तिवारीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा सुजनले नै सङ्गीत गरेका छन् । सङ्गीत संयोजन भने गङ्गा थापाको रहेको छ ।

भिडिओमा गायक प्रताप दास, शिल्पा थापा लगायत फिचर्ड छन् । भिडिओमा बिनु शाहीको शृङ्गार, तीर्थ लामाको छायाङ्कन र सुरज पौडेलको सम्पादन रहेको छ । भिडिओ कन्सेप्ट, कथा र निर्देशन नवीन चौहानले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =