धुर्मुस सुन्तलीको स्वरमा गीत सार्वजनिक
२०७८ साउन २५ गते

काठमाडौँ । सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को स्वरमा गीत ‘तिमी मेरी पार्वती’ सार्वजनिक भएको छ । तीजको झैँ लाग्ने कमेडी मिसिएको गीतमा पशुपति शर्माको शब्द, सङ्गीत रहेको छ ।
यही गीतमार्फत् धुर्मुस सुन्तलीले गायनमा आफूलाई अगाडि बढाएका छन् । गीतको सङ्गीत संयोजन कृष्ण विकले गरेका हुन् । प्रकाश भट्ट निर्देशित भिडिओमा धुर्मुस र सुन्तलीले अभिनय गरेका छन् । राजेश घिमिरेले खिचेको भिडिओ विष्णु शर्माले सम्पादन गरेका छन् ।
भिडिओमा सिताराम र कुन्जनाले अभिनय गरेर मन पराइएको पात्र मुस्कान पासा’ र ‘फतौरी बुढी’लाई देखाइएको छ ।
https://www.youtube.com/watch?v=Ink_wQHdXfs
२०७८ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








