किरण गजमेरले जिते भ्वाइसको तेस्रो सिजन

काठमाडौँ । द भ्वाइस अफ नेपाल सिजन ३ मा टिम प्रमोदबाट किरण गजमेर विजेता बनेका छन्  । भोटको आधारमा उनले यो उपाधि जितेका हुन् । यो सँगै भ्वाईसको तेस्रो सिजन सकिएको छ । उनले २५  लाख संगै अन्य धेरै पुरस्कार र् वर्ल्ड टुरको अवसर समेत प्राप्त गरेका छन् ।

उनी सँगै टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका थिए । टिम राजुबाट बागलुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी थिइन् भने टिम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका थिए । यी ३लाई पछि पर्दै किरणले उपाधी जितेका हुन् ।

हिमालयन टेलिभिजनबाट प्रसारण भएको भ्वाइसको यस पटकको सिजन समेत सुशील नेपालले नै सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =