स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा

काठमाडौं । सरकारले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छालाई नियुक्त गरेको छ ।

कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत डा. बिच्छालाई सरकारले महानिर्देशक बनाएको हो ।

यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको सरुवा गरेको छ ।

गौतमलाई प्रसुती तथा स्त्री रोग अस्पतालमा पठाएर उनको ठाउँमा डा. भूपेन्द्र बस्नेतलाई ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =