तीज गीत ‘स्यानी’ सार्वजनिक

काठमाडौँ । मौलिक तीज गीत ‘स्यानी’ सार्वजनिक भएको छ । विक्रम परियार र अमृता श्रीपालीको स्वर रहेको गीत शरद पाण्डेले लेखेका हुन् ।

प्रेम सापकोटा ‘सोनु’को सङ्गीत रहेको गीतको सङ्गीत संयोजन विमल आचार्यले गरेका छन् । प्रवीण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ सम्पादन सुजन कोइरालाले गरेका छन् ।

वीरेन्द्र भट्टले खिचेको भिडिओमा अर्जुन सापकोटा, विमल अधिकारी, रविना भण्डारी, सन्ध्या सानुले अभिनय गरेका छन् । पछिल्लो समय तीज गीतमा विकृति आउन थालेको भन्ने चर्चा चलिरहँदा यो गीतमा भने अश्लील नृत्य र शब्द प्रयोग गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *