रानाले मागे माधव नेपालसँगको सवालजवाफको रेकर्ड
मकालु खबर
२०७८ साउन १० गते
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट सांसद नारदमुनि रानाले संसद् सचिवालयसँग रेकर्ड माग गरेका छन् । संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरी पत्र लेख्दै सांसद रानाले रेकर्ड माग गरेका हुन् । ‘०७८ साउन १० गतेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको श्रव्य/दृश्यको रेकर्डिङ्ग आवश्यक परेको हुँदा यसकै बैठकको रेकर्डिङ्ग उपलब्ध गराइदिन हार्दिक अनुरोध छ’, सांसद रानाले पत्रमा लेखेका छन् ।
यसअघि आइतबार (आज) बसेको समितिको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसँग भनाभन भएको थियो । बैठकको केही समयको भनाभनपछि नेता नेपालले ‘प्रतिगमनको मतियार, संसद्बाट राजीनामा दिएर बाहिर जानुस्’ भन्दै भनेका थिए । यसपछि सांसद रानाले रेकर्ड मागेका हुन् ।
मकालु खबर
२०७८ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित