प्रधानमन्त्री देउवाले पनि बालुवाटारमै बोलाए पार्टीको बैठक

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमै पार्टीको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै बुढानिलकण्ठबाट बालुवाटार सरेको केही घण्टाभित्रै बालुवाटारभित्रै पार्टीको बैठक बोलाएका हुन् ।

यसअघि पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बैठक बालुवाटारमै राखेको विषयलाई लिएर विवाद भएको थियो ।

यो पनि
देउवाको पनि उही पारा‚ सरकारी सूचना व्यक्तिगत खाताबाटै !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =