देउवाको पनि उही पारा‚ सरकारी सूचना व्यक्तिगत खाताबाटै !

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सामाजिक सञ्जालमा सक्रिय भएका छन् । यसअघि आफ्नो फेसबुक र ट्वीटर ह्यान्डलमा खासै सक्रिय नरहेका देउवा पाँचौंपटक प्रधानमन्त्री बनेसँगै सक्रिय भएका हुन् । आफ्नो फेसबुक पेजमा मुस्काइरहेको नयाँ प्रोफाइल तस्बिरसँगै उनी सक्रिय भएका हुन् ।

सामाजिक सञ्जालमा औपचारिकता पुरा गर्ने अभिव्यक्तिबाहेक खास केही पोस्ट नगर्ने‚ अझ भनौं सामाजिक सञ्जालमा चासो नदिने नवनियुक्त प्रधानमन्त्री देउवाले बिहीबार साँझ उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहितको प्रतिनिधिमण्डलसँग भेटघाट गरिरहेको तस्बिर राख्दै ट्वीट गरे- ‘नेपाल उद्योग वाणिज्य महासंघका साथीहरूसँग कोरोनाले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा छलफल भयो । म कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई लयमा फर्काउन प्रयासरत छु ।’

यो ट्विटमा ट्वीटर प्रयोगकर्ताले विभिन्न टिप्पणी‚ सुझाव र व्यङ्ग्य गरेका छन् ।
कसैले सरकारको सक्रियताको विषयलाई सकारात्मक रुपमा लिएका छन् भने कसैले पोस्टमात्र गरेको तर यथार्थमा कुनै कुरा लागू हुनेमा शंका व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको ह्यान्डल हुँदा हुँदै नयाँ प्रधानमन्त्री पनि निजी ह्यान्डलबाटै सक्रिय
सरकार प्रमुख वा प्रतिनिधिले सरकारी कुराहरू निजी ह्यान्डल अर्थात् खाताबाट सार्वजनिक गरिनु पारदर्शिता र जवाफदेहिताका हिसाबले राम्रो मानिँदैन ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारले गरेका कामकारबाहीका विषयमा प्रधानमन्त्रीको आधिकारिक खाताबाट भन्दा उनको निजी ह्यान्डलबाट सूचनाहरू दिने गरेका थिए । सरकारी निर्णयहरूसमेत उनले केपी शर्मा ओलीको खाताबाट दिने गरेका थिए ।

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डलबाट आपत्तिजनक ट्वीटहरु पोस्ट भएपछि यो खाता निष्क्रिय रहेको थियो ।
उनका प्रेस सल्लाहकार सूर्य थापाले ‘पासवर्ड ह्याक’ भएको बताएपनि त्यसलाई सञ्जाल प्रयोगकर्ताले पत्याएनन् बरु यसलाई अझ उल्टै व्यङ्ग्यको विषय बनाइरहेका छन् ।
राज्यका विभिन्न क्रियाकलापको विषयमा व्यक्तिगत खाताबाट सूचना सम्प्रेषण गर्दा त्यसको विश्वसनीयतामा शंका पैदा हुने र राज्यका काम‚ कारबाही कुनै व्यक्तिविशेषको मात्रै नभएर सम्पूर्ण नागरिकको हुने भएकाले व्यक्तिगत खाताबाट गरिएका ट्वीटहरूले प्रधानमन्त्रीको जिम्मेवारीबोधको कमी भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बताउँछन् ।

देउवाको ट्वीटर ह्यान्डल र फेसबुक पेज दुवै भेरीफाईड छैनन् ।

प्रधानमन्त्रीजस्तो गरीमामय पदमा पुगेको व्यक्तिले सामाजिक सञ्जालमा पोस्ट गर्ने भाषा र त्यसमा प्रयुक्त सम्बोधनको पनि विशेष ख्याल गर्नुपर्नेमा सरकारका तर्फबाट भएका निर्णय र सहमतिमा पनि ‘म’ र ‘मैले’ जस्ता प्रथम पुरुषको सम्बोधनले सरकारी नभएर व्यक्तिगत काम गरिरहेको हो कि भन्ने दर्शाएको सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन् ।

सरकारको कामलाई आफूले गरेको कामका रुपमा व्याख्या गर्दैगर्दा यसले शासकीय चेतमा सकारात्मक परिवर्तनको सट्टा पुनः राजतन्त्रको सोच उजागर भइरहेको त होइन भन्ने प्रश्न पनि उब्जाएको छ ।










The country is suffering from cancer of corruption as cronick from the longtime. But surprisingly none of the Prime Ministers in the past declared to vow down corruption and middlemen monopolies controlling market in full scale. Sorry to say even Mr. Deuba didn’t take any effective measure during his 4th time as Prime Minister. This time we Nepalese would like to experience his ruthless action against corruption and total control down the monopoly of Middlemen. Beside he must promise not to entertain his domestic pressure for hanky-panky. I’m dead sure that his strong action for controlling above three vital things would wash out all his past charges against you and surely you may break down the record of NCP in coming election. I would like to congratulation in advance, if these three most import subject are controlled ruthlessly.