प्रेस संगठनद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । जिल्लामा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पत्रकारहरु सम्बद्ध पेशागत संगठन प्रेस संगठन बागलुङले सोमबार जिल्लामा क्रियाशील रहेर सञ्चारकर्ममा लागिरहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

संगठनका सदस्यहरु र शुभेच्छुक मार्फत आपसी सहयोग संकलन गरि पत्रकार तथा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको प्रेस संगठन नेपाल बागलुङले जनाएको छ । उक्त अवसरमा बागलुङमा क्रियाशील ३५ जना पत्रकारलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

कोरोना महामारीको समयमा अग्रपंक्तीमा खटिएर नागरिकलाई सुसूचित गराउने दायित्व बोकेका पत्रकारहरु सुरक्षित रहन जरुरी रहेकाले स्वास्थ्य सामग्री सहयोग गरिएको प्रेस संगठन नेपाल बागलुङका संयोजक थम्मन थापाले बताए ।

पत्रकारलाई मास्क, सिटामोल र सेनिटाईजर प्रदान गरिएको थियो संयोजक थापाको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले पत्रकार सञ्चारकर्मीको स्वास्थ्यप्रति गम्भीर चासो देखाएर स्वास्थ्य सामग्री सहयोग गरेकोमा प्रेस संगठन नेपाल बागलुङलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =