थप ३००७ जना कोरोनामुक्त‚ १९२० मा संक्रमण‚ ३४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार सात जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ५ लाख ८४ हजार ३३४ जनाले कोरोना जितेका छन् ।

त्यस्तै आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ वटा एन्टीजेन परिक्षणका क्रममा ५६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाल नेपालमा ४० हजार ३३६ सक्रिय संक्रमित आइशोलेशन र ३६७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख २३ हजार ३९ वटा पिसिआर र १ लाख ७४ हजार ९४९ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + four =