थप ३५५८ जना कोरोनामुक्त‚ २४२१ मा संक्रमण‚ ५२ को मृत्यु

काठमाडौं । २४ घण्टायता देशभर आज देशभर ३ हजार ५५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै गत २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७ हजार ४६१ जनाको पीसीआर र ४ हजार ९५३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा ५० हजार ५२० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । त्यसबाहेक अन्य समयमा २९ जनाको मृत्यु पनि कोरोना संक्रमणको कारण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =