विपक्षी गठबन्धनको बैठक बुढानिलकण्ठमा

काठमाडौं । सरकारविरुद्ध मोर्चाबन्दी बनाएर लडिरहेको विपक्षी गठबन्धनका नेताहरु बुढानिलकण्ठ पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटउपर असार ९ देखि लगातार सुनुवाइ हुँदैछ । यसको पूर्वसन्ध्यामा दलहरु थप रणनीति बनाउन जुटेका हुन् । यसअघि विपक्षी गठबन्धनका १४६ जना नेताहरुले संसद् विघटनको निर्णय बदर हुनुपर्ने र प्रधानमन्त्रीमा कांग्रेस नेता शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्चमा परमादेश दिएका छन् ।

साँझ ५ बजेदेखि शुरु भएको छलफलमा कांग्रेस सभापति देउवासहित रामचन्द्र पौडेल, पूर्णबहादुर खड्कालगायत सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी छन् ।

यसैगरी जसपाका अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् । विपक्षी एमालेका तर्फबाट नेता नेपालसँगै भीम रावललगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *