चर्चित धावक ‘फ्लाइङ सिख’ मिल्खा सिंह रहेनन्
पाँच दिनअघि श्रीमती गुमाएका थिए

काठमाडाैँ । भारतका चर्चित एथ्लेटिक्स खेलाडी मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन भएको छ । कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका मिल्खाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको १५ दिन अघिदेखी चंढीगडमा उपचार भइरहेको थियो । ३ जुनमा अक्सिजन लेवल घटेपछि आइसियुमा लगिएको थयो। २० मे मा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । चारपटक एसियन गेम्समा स्वर्णपदक जितेका मिल्खाले १९६० को रोम ओलम्पिकमा ४०० मिटर दैडमा मा चौथो स्थान हासिल गरेका थिए ।
कोरोनाकै कारण ५ दिन अघि उनकी ८५ वर्षिय पत्नी गुमाएका थिए । मिल्खाकी पत्नी निर्मल कौर भारतीय भलिबल टिमकी पूर्वकप्तान थिइन् । अस्पतालमा रहेका मिल्खा श्रीमतिको दाहसँस्कारमा पनि उपस्थित हुन सकेका थिएनन् । उनका तीन छोरी र एक छोरा रहेका छन् ।
मिल्खा २० नोभेम्बर १९२९ मा अहिलेको पाकिस्तानमा पर्ने गोविन्दपुरा मा सिख परिवारमा जन्मिएका थिए । भारत र पाकिस्तान विभाजन पछि उनी भागेर भारत आएका थिए । उनी भारतीय सेनामा भर्ना भए। केहि समय सेनामा रहेका उनले क्रश कन्ट्रि दोडमा भाग लिए। यसमा ४०० बढि सैनिक दौडदा उनी छैटौं भएका थिए ।
१९५८ मा टोकियोमा आयोजना भएको एशियाली खेलकुदमा उनले २०० र ४०० मिटर तथा राष्ट्रमण्डल खेलकुदको ४०० मिटरमा स्वर्ण पदक जितेका थिए । उनलाई भारत सरकारले पद्दम श्री सम्मानले सम्मानित गरेको थियो । त्यस्तै १९६४ मा एसियाली खेलकुदमा थप २ स्वर्ण जितेका थिए ।
कसरी भए फ्लाइङ सिख
मिल्खा सिंह पाकिस्तानमा आयोजना भएको एक दौडमा सहभागि भएका थिए । उनले त्यहाँ राम्रो प्रदर्शन गरेका थिए । जुन देखेर पाकिस्तानका जनरल अयूब खानले उनलाई ‘द फ्लाइङ सिख’ को नाम दिएका थिए। १९६० को ओलम्पिकमा उनी चौंथो स्थानमा रहेका थिए ।
भाग मिल्खा भाग
मिल्खा सिंहको जिवनमा आधारित रहेर २०१३ मा चलचित्र भाग मिल्खा भाग बनेको छ । जसको निर्देशन ओमप्रकाश मेहराले गरेका थिए । प्रसुन जोशीको लेखन रहेको चलचित्रमा मिल्खा सिंहको भुमिका फरहान अख्तरले निर्वाह गरेका छन् । यो चलचित्रले २०१४ मा सर्वश्रेष्ठ मनोरञ्जनात्मक फिल्मको अवार्ड हात पारेको थियो ।








