प्रदेश १ को नाम यसै अधिवेशनमा
२०७८ जेठ २४ गते

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यसै अधिवेशनबाट प्रदेशले नाम पाउने बताएका छन् । प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यसै अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाइने बताएका हुन् ।
प्रदेशको नामाकरण गर्नै पर्ने बाध्यता रहेकाले यसबाट कोही तर्किन नहुने बताए । प्रदेशको नाम नदिनुको कारण कोही व्यक्ति वा संस्था नभई प्रदेश सभामा सहभागी सबैको कारणले नाम नआएको बताएका छन् । सबैले सल्लाह गरेर राजधानी पहिला टुंगो लगाउने र नाम पछि तोकौँला भनेर निर्णय भएअनुसार राजधानी आएपनि नाम टुङ्गो नलागेको बताए ।
‘यो वर्ष नामाकरणले प्रवेश पाउँछ,’ उनले भने, ‘अब सबैसँग छलफल गरेर नाम ल्याइनेछ ।’ प्रदेश प्रमुखको रुपमा गरिनुपर्ने सहजीकरण र खेल्ने भूमिका आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका हुने मुख्यमन्त्री राईले बताए ।
२०७८ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








