काभ्रेमा भेटिएको सेतो मृग अब चिडियाखानामा हेर्न पाइने (तस्बिरहरू)

काभ्रे । काभ्रेको बेथानचोकमा भेटिएको सेतो मृगको पाठो सदर चिडियाखानामा लगिएको छ । बेथानचोक गाउँपालिका- २ को जंगलमा घाँस काट्न गएका धिरोज घिमिरेले भेट्टाएको मृग प्रहरी चौकी हुँदै जिल्ला वन कार्यालय काभ्रेलाई बुझाइएकोमा त्यहाँबाट पालनषोषणका लागि सदर चिडियाखाना जाउलाखेलमा पठाइएको कार्यालयले जनाएको छ ।

सेतो रङ्गको मृगको पाठो ढुंखर्क प्रहरी चौकीमा बुझाइएको र त्यहाँबाट जिल्ला वन कार्यालयमा बुझाइएको थियो । तर पाठो सानो भएकाले औषधोपचार, स्याहार सुसार र लालनपालन गर्नुपर्नेमा त्यस्तो व्यवस्था कार्यालयमा नभएकाले सदर चिडियाखानामा बुझाइएको सहायक वन अधिकृत हेमबहादुर थापाले जानकारी दिए ।

मृग २ महिनासम्मको हुनसक्ने अनुमान गरिएको छ । मृग सामान्यतया खैरो रंगको हुने भएपनि यो सेतो रहेको र यस्तो हुनु अनौठो रहेको पनि स्थानीयबासिन्दाले बताएका छन् ।

चिडियाखानामा रहेको यो मृगको पाठो अब चिडियाखाना घुम्न जाने सबैले देख्न पाउने भएका छन् ।

No description available.

No description available.

No description available.

No description available.

https://twitter.com/makalukhabar/status/1399380409398353931

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =