राज्यका निकायलाई विपक्षी गठबन्धनको आग्रह– संविधानविपरीतका काममा सरकारलाई सहयोग नगर्नु

काठमाडौं । विपक्षी गठबन्धनको आइतबार (आज) बसेको बैठकले संविधानविपरीतको काममा सरकारलाई सहयोग नगर्न राज्यका निकायहरुलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलण्ठकमा बसेको ५ दलको बैठकले यस्तो आग्रह गरेको हो ।

विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ । संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा गठबन्धनले विश्वस्त व्यक्त गरेको छ । बैठकपछि विज्ञप्ति निकाल्दै ५ दलका शीर्ष नेताहरुले भनेक छन्— ‘संवैधानिक सर्वोच्चता कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’

संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा विपक्षी गठबन्धनको आह्वान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *