काठमाडौंमा सभा-सम्मेलन गर्न रोक‚ विवाह-व्रतबन्धमा ७ जनामात्र जम्मा हुन पाइने
२०७८ जेठ ११ गते

काठमाडौं । काठमाडौं उपत्यकामा सभा, सम्मेलन, गोष्ठी पूर्ण रुपमा रोक लगाउने भएको छ । आज (मंगलबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि सभा, सम्मेलन र गोष्ठीमा रोक लगाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले विवाह तथा व्रतबन्धमा पहिला १० जना जम्मा हुन पाइनेमा अहिले ७ जनामात्र जम्मा भएर सम्पन्न गर्नुपर्ने र विवाहमा एउटामात्र गाडीलाई स्वीकृति दिने निर्णय गरेको छ ।
मंगलबार बैठकले गरेका निर्णय सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक र निजी निर्माण सामग्रीलाई पनि एक साताका लागि रोक लगाइएको बताए ।
सम्बन्धित समाचार
२०७८ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित









