१४ गतेदेखि उपत्यकाका खाद्यान्न, किराना, डिपार्टमेन्टल स्टोर पूर्ण रुपमा बन्द गरिने
२०७८ जेठ ११ गते

काठमाडौं । काठमाडौं उपत्यकाका अत्यावश्यक तरकारी, फलफूल, मासुजन्य पदार्थ र दुग्धजन्य पदार्थबाहेकका खाद्यान्न स्टोर, किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द हुने भएका छन् ।
आज (मंगलबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्न जेठ १४ गतेदेखि एक सातासम्मका लागि खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको हो ।
यसैगरी सर्वसाधारणको आवतजावतको हकमा अत्यावश्यक सेवाबाहेक अन्य कामका लागि घरबाट निस्कन र मर्निङ वाक र इभिनिङ वाक गर्न पनि पूर्ण रुपमा रोक लगाइने भएको छ । त्यस्तै अत्यावश्यक काममा बाहिर निस्कनै पर्ने भएमा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने र उल्लंघन गरेमा १०० रुपैयाँ र पटक पटक उल्लंघन गरे २०० रुपैयाँ जरिवाना गरिने भएको हो ।
२०७८ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित









