रातो मत्स्येन्द्रनाथको रथयात्राको अन्तिम दिन देखाइयो भोटो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो देखाइएको छ ।

शनिवार ललितपुरको जावलाखेलमा परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच सर्वसाधारणलाई भोटो सो भोटो प्रदर्शन गरिएको हो ।

भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थिति रहेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो ।

सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ ।

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =