बैंक तथा वित्तीय संस्थामा कडाइ‚ उपत्यकामा प्रधान कार्यालय र तीनवटा शाखामात्र खोल्न पाइने

काठमाडौं । सरकारले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको छ ।

आज (मंगलबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्न जेठ १४ गतेदेखि एक सातासम्मका लागि  कमर्सियल बैंकको हकमा प्रधान कार्यालय खोल्न दिने निर्णय गरेको हो ।

यसका साथै बैठकले कमर्सियल बैंकबाहेकको हकमा काठमाडौंभरि जम्मा तीनवटा मात्र शाखा खोल्न पाइने र विकास बैंकको हकमा प्रधान कार्यालय र दुईवटा शाखामात्र खोल्न पाइने निर्णय गरेको हो ।

त्यस्तै मंगलबार बैठकले गरेका निर्णय सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कार्यालयमा आवतजावत गर्ने समय सीमित गरेको छ । कार्यालय जाने समय ९:३० देखि १०:३० र घर फर्किने समय ५:०० देखि ६:०० बजेसम्म तोकिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =