‘सुनको चन्द्रमा’ सार्वजनिक
२०७८ जेठ ९ गते

काठमाडौँ । गायक शिव परियार र गायिका रचना रिमालको स्वरमा ‘सुनको चन्द्रमा’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको गीतमा पुष्प आचार्यको शब्द छ ।
भिडियोमा शंकर वीसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दमन्ता, डाक्टर प्रतिक्षा पौडेलको अभिनय रहेको छ ।
भिडियोमा थारु संकृति, बोटे संकृति, हात्ती सफारीलाई पनि देखाइएको छ । शंकर बिसीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोलाई रवि एन्ड उषा मिडियाले निर्माण गरेको हो । दुर्गा पौडेलको छायांकन रहेको गीतको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।
२०७८ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








