१४९ सांसद नै अदालत जाउँ : गगन

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनविरूद्ध सांसदहरु अदालत जानुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकाे विराेधमा सांसदहरु अदालत जानुपर्ने थापाकाे भनाइ छ । प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमले अदालतले फागुन ११ मा गरेकाे फेसलाकाे अपमान  गरकेाे भन्दै थापाले त्यसका लागि पनि अदालत जानुपर्ने बताएका हुन् ।

‘१४९ सांसदको ७६(५) बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ,’ थापाले ट्वीट गरेका छन्ऽ ‘अत:राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ।’

शुक्रबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि प्रतिनिधिसभामा आफ्नाे बहुमत पुग्ने दाबी  पेश गरेपनि राष्ट्रपति भण्डारीले कसैको पक्षमा पनि बहुमत नदेखिएको  भन्दै दुबै दाबी खारेज गर्ने निर्णय गरेकी थिइन् ।

शुक्रबार मध्यरात मै सरकारकाे सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति तोकिएको थियो। यसबारे छलफल गर्न विपक्षी दलहरुकाे बैठक शनिबार बस्दैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =