अक्सिजनका लागि नाजिरको एक लाख सहयोग
२०७८ जेठ ५ गते

काठमाडौँ । कलाकार नाजिर हुसेनले कोरोना सङ्क्रमितलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले बिरामीका लागि अक्सिजन जोहो गर्न महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका हुन् । केन्द्रले कोरोना सङ्क्रमितका लागि अक्सिजन सिलिन्डर सहयोग गरिरहेको छ ।
नाजिर भन्छन्, ‘नेपाली दाजुभाइ–दिदीबहिनीहरूको जीवन रक्षाका लागि उहाँहरू फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य स्थितिले गर्दा म आफू फिल्डमा गएर सहयोग गर्ने अवस्थामा छैन । त्यसैले मैले मेरोतर्फबाट जसरी सहयोग गर्न सक्थेँ, जति सक्थेँ मनदेखि त्यो सहयोग गरेको छु ।’
आफ्नो सहयोगले कसैको जीवन बचाउन मद्दत मिल्ने अपेक्षा लिएको नाजिरले बताए । उनले अहिलेको विषम परिस्थितिमा सबैले आफ्नोतर्फबाट सकेको सहयोग गर्नुपर्ने बताए ।
२०७८ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








