राजनराजको ‘मै मत्ते जवानी’ सार्वजनिक
२०७८ जेठ ५ गते

काठमाडौँ । राजनराज सिवाकोटी र जुनु रिजाल काफ्लेको स्वरमा रहेको गीत ‘मै मत्ते जवानी’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र गायक सिवाकोटीकै सङ्गीत रहेको छ ।
भिडियो सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोमा सुनिल क्षेत्री र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ । दीपक गिरीले खिचेको भिडियोमा अमृत चापागाईँको सम्पादन र जोनसन खत्रीको मेकअप समावेश छ ।
२०७८ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








