झापामा अक्सिजन बैंक स्थापना गरिने

झापा । एकका लागि एक अभियानले झापामा अक्सिजन बैंक स्थापना गर्ने घोषणा गरेको छ । ४ सय भन्दा बढि अक्सिजन सिलिण्डर चिनबाट आयात गरेर अक्सिजन बैंक स्थापना गर्ने अभिघयानले जनाएको हो ।
कोरोनाको संक्रमण बढिरहेका बेला अक्सिजन अभावमा झापाका कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन सिलिण्डर आयात गर्न लागिएको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।
यसका लागि १ करोड रुपैयाँको लागत अनुमान गरिएको पनि उनले बताए । अक्सिजन सिलिण्डरका साथै एक्स–रे मेसिन, डाक्टरसँगको परामर्श, कोभिडका बिरामीलाई खाना सहयोग गर्ने तयारी पनि भइरहेको उनले बताए ।
यसका लागि सहारा नेपाल साकोस प्रा.लि. तथा अन्तर्राष्ट्रिय झापाली समाजले एक एक सय वटा अक्सिजन सिलिण्डर सहयोग गर्ने भएका तथा झापा सहकारी संघ लगायत विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा पनि सहयोग जुट्ने क्रम जारी रहेको अभियानका सह संयोजक विनोद बस्नेतले जानकारी दिए ।








