तेजेन्द्र काफ्लेको ‘देश नदुखोस्’ सार्वजनिक [भिडियोसहित]
२०७८ वैशाख २७ गते
![तेजेन्द्र काफ्लेको ‘देश नदुखोस्’ सार्वजनिक [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/05/desh-nadukhos-makalu-khabar.jpg)
काठमाडौँ । विन्दवासिनी म्युजिक अवार्ड २०७७मा राष्ट्रिय भावनाले ओतप्रोत गीतको रूपमा अवार्ड प्राप्त गर्न सफल गीत ‘देश नदुखोस्’ सार्वजनिक भएको छ ।
गीतसङ्गीतका अन्य विधामा कलम चलाउँदै गरेका तेजेन्द्र काफ्लेले राष्ट्रिय गीतमा पहिलो पटक कलम चलाएका हुन् । गीतमा लाबोनी प्रसाईँ र प्रमोद प्रसाईँको स्वर रहेको छ ।
डेनी निरौलाको संगीत रहेको गीतमा लाबोनी प्रमोद कै संगीत संयोजन रहेको छ । भिडियो सम्पादन वीर बहादुर थारुले गरेका छन् ।
२०७८ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








