६ वर्षीया बालिका करणीको आरोपमा पक्राउ

काठमाडौं । बालिका करणी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बेलका नगरपालिका-३ विराज टोल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

किशोरले ती बालिकालाई वैशाख १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया