श्रमिकको न्युनतम तलब वृद्धि, साउन १ गतेदेखि मासिक १५ हजार पाउने
काठमाडौं । सरकारले श्रमिकको न्युनतम मासिक पारिश्रमिक साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको मासिक पारिश्रमिक वृद्धि गरेको हो ।
चिया बगानमा काम गर्ने बाहेकका श्रमिकको न्युनतम तलब मासिक १ हजार ५ सय ५० रुपैयाँले बढाएको हो । यसअघि यसअघि न्युनतम मासिक तलब १३ हजार ४ सय ५० रुपैयाँ रहेको थियो ।
अब श्रमिकले मासिक न्युनतम १५ हजार रुपैयाँ पाउने भएका छन् । यसमध्ये आधारभूत पारिश्रमिक ९ हजार ३ सय ८५ रुपैयाँ र महँगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै दैनिक ज्याला ५ सय ७७ रुपैयाँ तोकेको छ । यसमा आधारभूत ज्याला ३६१ रुपैयाँ र महँगी भत्ता २१६ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिघण्टाको ज्याला आधारभूत ४८ रुपैयाँ र महँगी भत्ता २९ रुपैयाँ गरी ७७ रुपैयाँ तोकेको छ ।
सम्बन्धित समाचार
मजदुर परिवारको मासिक खर्च ५० हजार, सरकारले ताेकेकाे ज्याला साढे १३ हजार
मजदुर परिवारको मासिक खर्च ५० हजार, सरकारले ताेकेकाे ज्याला साढे १३ हजार