मजदुर परिवारको मासिक खर्च ५० हजार, सरकारले ताेकेकाे ज्याला साढे १३ हजार

राजनीतिक नेता, राजनीतिक दलकै भ्रातृ संगठनका रूपमा रहेका मजदुर संगठनका नेता, राेजगारदता मानिएका श्रम खरिदकर्ता उद्योगी संगठनका नेता र सरकारी श्रमसम्बन्धी निकायका प्रमुखलगायतले चाहेर वा नचाहेर श्रमिक हितका चर्का कुरा गर्ने दिन । अर्थात् आज मे १ तारिक, अन्तर्राष्ट्रिय मजदुर दिवस ।