सेनाको भूमिकामा देखिए आकाश [भिडियोसहित]
![सेनाको भूमिकामा देखिए आकाश [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/04/aakash-adhikari-makalu-khabar.jpg)
काठमाडौँ । गीत ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ सार्वजनिक भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा प्रमुख अतिथि र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विशेष अतिथि रहेको कार्यक्रममा भिडियो गीतका प्राविधिक तथा कलाकार र अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।
उमा गिरी ‘बेबी’ निर्मात्री रहेको भिडियोमा आकाश अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । गीतमा उमा र आकाश दुवै फिचर्ड छन् । नेपाली सेनाको कथा समेटिएको गीतमा माया र बिछोडको चरणलाई देखाइएको छ । नेपाली सेनाको भूमिकामा आकाश अधिकारी देखिएका छन् ।
गायक आनन्द कार्की र गायिका अन्जु पन्तको स्वर रहेको गीतको शब्द रचना जीत बहादुर घले (जेबी सहयोगी)ले गरेका हुन् । गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन् । पुरुषोत्तम प्रधानले खिचेको गीतलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
गीतमा आकाश र उमाको अलावा शिव भट्ट, दीप्त प्रकाश अधिकारी, ईशान विजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बाल कलाकार सुरज भामको अभिनय रहेको छ । गीतलाई बाबुल गिरीले सङ्गीतबद्ध गरेका छन् ।








